राज्यले रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्छ : माधव नेपाल
annapurnapost.com · Sat Jun 06 08:42:15 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनु पर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी प्रवर्द्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
Read full story at source (annapurnapost.com)