प्रेमीसँग मिलेर छोरीकै अगाडि श्रीमानको हत्या, प्रेमीलाई यसरी पठाइन् लाइभ लोकेसन
annapurnapost.com · Fri Jul 17 08:39:08 GMT 2026

भारत : पुणेको सिया गोयल हत्या प्रकरणको अनुसन्धान अझै पूरा नभएको अवस्थामा आन्ध्र प्रदेशबाट पनि यस्तै प्रकृतिको अर्को हत्याकाण्ड बाहिरिएको छ । यहाँकी एक महिलाले आफ्ना प्रेमीसँग मिलेर आफ्नै छोरीकै अगाडि श्रीमानको हत्या गराएको आरोप लागेको छ । प्रहरीका अनुसार महिला र युवकबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।
घटनामा संलग्न महिला तथा अन्य सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । आन्ध्र प्रदेशको चित्तुर जिल्लाको शान्तिपुरमकी १९ वर्षीया हासिनीमाथि २३ वर्षीय श्रीमान रमेशको हत्या गराएको आरोप लागेको छ । उनीहरूको करिब दुई वर्षअघि विवाह भएको थियो र एक सानी छोरी पनि छिन् । रमेश एक निजी कम्पनीमा कार्यरत थिए ।
Read full story at source (annapurnapost.com)