आन्तरिक पाटोलाई सुधार
karobardaily.com · Fri Nov 18 00:15:00 GMT 2022
गत आर्थिक वर्षमा वैदेशिक मुद्राको सञ्चिति लगातार घटेपछि वर्षभरि नै एक किसिमको त्रासको वातावरण बन्यो । मुलुक श्रीलंकाको बाटोतर्फ मोडिएको भन्दै धेरै बहस र विवाद भए । अर्थशास्त्रीहरूको भनाइमा पनि अन्योलता देखियो । त्यसले आगामी दिन साँच्चै अप्ठेरामा परिने हो कि भन्ने सन्त्रास सर्वसाधारण सबैमा पर्न गएको थियो । अन्योलमय एक वर्षपछि आउँदा अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको छ । यो सबैका लागि सुखद समाचार हो ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) सम्मको अर्थतन्त्रको बाह्य क्षेत्रका धेरै सूचक सुधारोन्मुख देखिएका छन् । करिब १४ महिनादेखि घाटामा रहेको शोधनान्तर अवस्था अहिले आएर धनात्मक बनेको छ । अघिल्लो वर्ष असोजसम्म ८७ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर अवस्था अहिले १२ अर्ब ४३ करोड बचतमा पुगेको हो । असोजसम्ममा विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा बढ्न पुगेको छ भने अमेरिकी डलरसँग तुलना गर्दा १ प्रतिशतभन्दा थोरैले घटेको छ । तीन महिनामा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोडबाट बढेर १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । गत वर्षको लगातार गिरावटलाई हेर्दा यो पनि सन्तोष मान्नुपर्ने अवस्था हो । अहिलेको सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ । यो अर्थतन्त्र सामान्य अवस्थामा रहेको बेला राम्रो ‘पोजिसन’ हो । यस्तै चालू खाता, वस्तु आयातलगायतका प्रमुख सूचक अझै घाटामा छन् । तर गत वर्षभन्दा धेरै बलिया भएका छन् ।
Read full story at source (karobardaily.com)