रोजगारी, पर्यटन, कृषि शिक्षा, स्वास्थ प्राथमिकतामा
gorkhapatraonline.com · Tue Jun 02 04:14:15 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रमले भौतिक पूर्वाधार विकाससहित रोजगारी, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारद्वारा सञ्चालित प्रदेश गौरवका आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि बजेट विनियोजन, सहजीकरण, समन्वय र नियमन गर्ने प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा जनाइएको छ । सार्वजनिक खर्चलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै अनुत्पादक खर्चमा कटौती गरिने नीति लिने जनाइएको छ । यसै गरी सार्वजनिक खर्चमा वित्तीय अनुशासन कायम गरिने जनाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)