वीरगञ्जका मेयरसँग जिल्ला अदालतले माग्यो ४ लाख १५ हजार धरौटी
arthasansar.com

जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको अदालतले जनाएको छ ।
मेयर सिंहविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको थियो। लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।
Read full story at source (arthasansar.com)