थाइल्याण्डको नेपाल लक्षित पर्यटन अभियान : वार्षिक थप ३० हजार लैजाने लक्ष्य
onlinekhabar.com · Tue Jun 02 12:57:36 GMT 2026

१९ जेठ, काठमाडौं । टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित अभियान थालेको छ । संसारभरबाट सबै प्रकारका पर्यटकलाई आकर्षित गर्दै आएको थाइल्याण्डले ‘वेलनेस टुरिजम प्रडक्ट’लाई प्राथमिकता दिँदै नेपाल लक्षित अभियान सुरु गरेको हो ।
टुरिजम अथोरोटी अफ थाइल्याण्ड, नयाँ दिल्ली कार्यालयले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली टूर अपरेटरहरुलाई आफ्नो अभियानबारे जानकारी गराएको छ । कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत डोनाविट पुलसावतले थाइल्याण्ड गन्तब्य आफैंमा डाइनामिक रहेको बताए ।
Read full story at source (onlinekhabar.com)