महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार
arthadabali.com · Wed Jun 03 09:21:08 GMT 2026

काठमाडौँ / महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ ।
Read full story at source (arthadabali.com)