१ हजार रुपैयाँले बढ्यो सुनको भाउ, मूल्य कति ?
clickmandu.com · Fri Jul 31 05:18:23 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ५० रुपैयाँको वृद्धि भएको छ।
महासंघले आज शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेको छ। यो मूल्य अघिल्लो दिन बिहीबारको तुलनामा १ हजार रुपैयाँले बढी हो। बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (clickmandu.com)