मौलिक तीजको स्वाद फर्काउने प्रयासमा देविकाको रातो सारी झल्कियो
newsofnepal.com · Mon Aug 03 08:02:25 GMT 2026

पछिल्ला वर्षहरूमा तीज गीतको मौलिकता हराउँदै गएको बहस भइरहेका बेला लोकप्रिय गायिका देविका बन्दनाले परम्परागत तीजको स्वादलाई पुनर्जीवित गर्ने प्रयासस्वरूप नयाँ गीत सार्वजनिक गरेकी छन्। नेपाली हिन्दु महिलाहरूको महान पर्व तीजलाई लक्षित गर्दै उनले रातो सारी झल्कियो बरी लै बोलको गीत सार्वजनिक गरेकी हुन्। लोकलयमा आधारित गीतमा देविकसंगै शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ। तीजको मौलिक लय, नेपाली महिलाको उत्साह र पर्वको सांस्कृतिक पक्षलाई समेट्ने गीतको शब्द उषा शेरचनले लेखेकी छन् भने संगीत नरहरि प्रेमी उपाध्यायले तयार गरेका छन्।
हास्य साम्राज्ञी बसुन्धरा भुसाल, पहिलो रंगीन नेपाली फिल्म कुमारीकी नायिका चैत्यदेवी, ट्याटु आर्टिस्ट तथा कलाकार सुनिता कु“वर, कलाकार अञ्जु रञ्जित गायिका वन्दनाका साथमा मञ्जु पौडेल, अनिता यादवलगायतका कलाकारको अभिनय र नृत्यले गीतको भिडियोलाई थप आकर्षक बनाएको छ।
Read full story at source (newsofnepal.com)