प्लेगारिजमको विवादमा परेका क्याम्ब्रिजका प्रोफेसरले दिए राजीनामा
onlinekhabar.com · Thu Aug 06 08:47:54 GMT 2026

२१ साउन, काठमाडौं । प्लेगारिजम विवादको केन्द्रमा रहेका क्याम्ब्रिज विश्वविद्यालयका एक प्रोफेसरले राजीनामा दिएका छन्। बुधबार विश्वविद्यालयले प्रोफेसर जेसन आर्डेका बारेमा जानकारी सार्वजनिक गरेको छ। उनका ‘शैक्षिक योग्यता र मानार्थ नियुक्ति’ सम्बन्धी ‘नयाँ जानकारी’ पछि छानबिन सुरु गरिएको विश्वविद्यालयले जनाएको छ।
आर्डे सन् २०२३ मा विश्वविद्यालयको सबैभन्दा कान्छो कालो जातिका प्रोफेसर बनेका थिए। उनले आफ्नो काममा त्रुटि भएको स्वीकार गरेका छन्। तर उनले आफू ‘झूटो’ नभएको बताएका छन्। उनले ‘अत्यधिक सार्वजनिक सूक्ष्म निरीक्षण र व्यक्तिगत आक्रमण’ को सामना गर्नुपरेको बताएका छन्।
Read full story at source (onlinekhabar.com)