राष्ट्र बैंकको स्वायत्ततामाथि ८ वर्षमा पाँच विवाद
saralpatrika.com · Thu Aug 06 09:19:27 GMT 2026
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष छलफल गरेपछि फेरि एउटा पुरानो बहस सतहमा आएको छ- के नेपालको केन्द्रीय बैंक आफ्नो निर्णयमा साँच्चै स्वतन्त्र छरु विगत आठ वर्षका घटनाहरूले देखाउँछन्, यो प्रश्न नयाँ भने होइन।
नेपाल राष्ट्र बैंकलाई देशको केन्द्रीय बैंकका रूपमा विशेष अधिकार दिइएको छ। सरकारको आर्थिक नीतिसँग समन्वय गर्दै मौद्रिक नीति बनाउने, बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने र वित्तीय प्रणालीको स्थायित्व कायम राख्ने यसको प्रमुख जिम्मेवारी हो। यस्ता काममा राष्ट्र बैंकले प्राविधिक आधारमा स्वतन्त्र निर्णय गर्न सक्नुपर्छ भन्ने मान्यता संसारभर स्वीकारिएको छ।
Read full story at source (saralpatrika.com)