नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व
annapurnapost.com · Thu Aug 06 12:49:03 GMT 2026

काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष,उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। सपथग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
Read full story at source (annapurnapost.com)