सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला
lokaantar.com

काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतीमध्ये पत्नी तिलकुमारी पराजुलीको शव फेला परेको छ।
मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारीको शव आज ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले बताए।
Read full story at source (lokaantar.com)