‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित
ratopati.com · Tue Aug 11 09:44:43 GMT 2026

काठमाडौँ । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ।
दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको समारोहमा १ लाख ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको हो। पुरस्कार साहित्यकार एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सदनकी अध्यक्ष सुधा दाहालले हस्तान्तरण गरे।
Read full story at source (ratopati.com)