रोनाल्डोले गरे प्रेमिका जर्जिनासँग विवाह, समारोहमा पाँचै सन्तान सहभागी
lokaantar.com
विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले प्रेमिका जर्जिया रोड्रिग्वेजसँग विवाह गरेका छन् । पोर्चुगिज स्ट्राइकर रोनाल्डो आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत दुईवटा हातको तस्वीर सेयर गर्दै विवाहको खुसी साटेका हुन् । तस्वीरमा दुवैको हातमा विवाहको औंठी लगाइएको देखिन्छ।
यसलाई वर्षको उत्कृष्ट विवाह भन्दै पोर्चुगिज सञ्चार माध्यमहरूले यो जोडीले अगस्ट ११ का दिन लिस्बन नजिकैको तटीय सहर कास्काइमा विवाह बन्धनमा बाँधिएको जानकारी दिएका छन् । उनीहरूको विशेष विवाह समारोहमा उनीहरूका पाँचै जना सन्तानहरूको समेत उपस्थिति रहेको थियो ।
Read full story at source (lokaantar.com)