विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले नेपालभित्र पैठारी (आयात) वा स्वदेशमै उत्पादन हुने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने करमा पूर्ण छुट दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले आपत्कालीन स्वास्थ्य सेवा र शव वाहनमा लगाउँदै आएको ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ तथा ‘मूल्य अभिवृद्धि कर (भ्याट)’ पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को यस निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने, ‘नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय भएको छ।’
Read full story at source (hamrakura.com)