राडारमा गंगा, भानु र प्रकाश, देउवा–प्रचण्डका स्वकीयविरुद्ध अख्तियारको अनुसन्धान
news24nepal.tv · Wed Aug 12 02:55:50 GMT 2026

काठमाडौं । अख्तियार सक्रिय बनेको छ। स–साना मुद्दामा अल्झिने गरेको अख्तियार पछिल्लो समय ठूला भनिएकाहरुसम्म पुग्ने प्रयास गरिरहेको छ। रत, अख्तियारले चालेका यस्ता कदमहरु कति सफल वा असफल त्यसको लेखाजोखा छुट्टे होला तर, शंका लागेका र आरोप खेपेकामाथिको अनुसन्धान हघि बढ्दा यसको प्रभावकारितामाथिका चासोहरु बढेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना पूर्वप्रधानमन्त्रीहरुका स्वकीय सचिव र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगीमाथि अनुसन्धान अघि बढाएको छ । अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डकी छोरी समेत रहेकी स्वकिय सचिव गंगा दाहालविरुद्ध अनुसन्धान गरिरहेको छ ।
Read full story at source (news24nepal.tv)