मधेस सरकारको 'प्लान बी' : संघ सरकार तयार नभए प्रदेशमा स्वयंसेवक प्रहरी
baahrakhari.com · Wed Aug 12 13:22:30 GMT 2026

काठमाडौं । प्रदेश प्रहरी ऐन बनाएको आठ वर्षसम्म पनि भर्ना गर्न नपाएको मधेस प्रदेशले आफ्नै प्रहरी भर्तीका लागि कसरत अघि बढाएको छ । प्रदेश प्रहरी भर्नाका लागि संघले आलटाल गरे मधेस सरकार 'प्लान बी' सहित अघि बढेको हो ।
प्रदेशले ऐन कार्यान्वनका लागि सहजीकरण गरिदिन संघीय गृहमन्त्री सुधन गुरूङलाई आग्रह गरेको छ । प्रदेश प्रहरीका लागि बजेट समेत विनियोजन हुँदा पनि संघको आलटालले भर्ना रोकिएको भन्दै प्रदेशका गृहमन्त्री फकिरा महतोले संघीय गृहमन्त्री गुरूङसँग भेट गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि प्रदेश प्रहरीबारे छलफल हुने बताए । संघ सरकार तयार नभए स्वयंसेवक प्रहरी भर्ना गरिने महतोले बताएका छन् । ''एक सातापछि प्रधानमन्त्रीलाई पनि फाइल बुझाउँछौँ । संघीय सरकारले आलटाल गरेमा हामीसँग 'प्लान बी' पनि छ,'' उनले भने ।
Read full story at source (baahrakhari.com)