अनधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा नविना गुरुङ पक्राउ
ratopati.com · Wed Aug 12 14:48:41 GMT 2026

काठमाडौँ। प्रहरीले अनधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा काठमाडौँको महाराजगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएर महाराजगञ्ज बस्ने ४१ वर्षीया नविना गुरुङ छिन्।
उनलाई मंगलबार पक्राउ गरेर राष्ट्र बैङ्क ऐन सम्बन्धी कसुरमा अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)