नागोया वुमेन्स म्याराथनमा नेपाली धाविकालाई अवसर
barnanmedia.com · Wed Aug 12 22:21:42 GMT 2026
जापानमा आयोजना हुने विश्वकै ठूलो महिला म्याराथन ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले समेत सहभागिता जनाउन पाउने भएका छन् । प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ ।
गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो ‘अल-वुमन म्याराथन’का रूपमा प्रमाणित प्रतियोगिता आगामी मार्च १४, २०२७ मा जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुनेछ । विश्व एथलेटिक्सको ‘प्लाटिनम लेबल रोड रेस’समेत रहेको प्रतियोगितामा ४२.१९५ किलोमिटर दूरीमा १९ देखि ८० वर्षसम्मका महिलाले सहभागिता जनाउनेछन् ।
Read full story at source (barnanmedia.com)