इन्फान्टिनोलाई हटाउन खोज्नु ‘भयानक गल्ती’
annapurnapost.com · Thu Aug 13 00:35:22 GMT 2026
एजेन्सी /लन्डन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व फुटबलको सर्वोच्च संस्था फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास गरिए त्यो फिफाका लागि ‘भयानक गल्ती’ हुने बताएका छन्। इन्फान्टिनो नेतृत्वमाथि विश्व फुटबलका विभिन्न शक्तिशाली महासंघबाट प्रश्न उठिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। ‘जियानी इन्फान्टिनोलाई अध्यक्ष पदबाट हटाउनेबारे फिफाले कुनै पनि कारणले सोच्नु पनि भयानक गल्ती हुनेछ’, ट्रम्पले सामाजिक सञ्जाल ट्रयुथमा लेखेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इन्फान्टिनोको खुलेर बचाउ गर्दै उनको नेतृत्वमा सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप बनेको दाबी गरेका छन्। इन्फान्टिनोलाई हटाए विश्वकप भविष्यमा त्यति सफल र नाफामूलक नहुने उनले दाबी गरेका छन्। तर, ट्रम्पको समर्थन पाएका इन्फान्टिनो यतिबेला फिफाभित्रै गम्भीर विवादमा फसेका छन्। विवादको मुख्य कारण फिफाको विश्वकपलगायत प्रतियोगितासँग सम्बन्धित व्यावसायिक कारोबारमा निजी लगानी भित्र्याउने उनको योजना हो।
Read full story at source (annapurnapost.com)