एसीसी प्रिमियर कप: नेपालको पहिलो खेल बहराइनसँग
annapurnapost.com · Thu Aug 13 00:45:32 GMT 2026
काठमाडौं : मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपमा नेपालले आफ्नो पहिलो खेल बहराइनसँग खेल्ने भएको छ। एसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल र बहराइनबीचको खेल अगस्ट ३१ मा हुनेछ। नेपालले आफ्नो दोस्रो खेलमा सेप्टेम्बर ३ मा मलेसिया, सेप्टेम्बर ६ मा साउदी अरेयिबा र सेप्टेम्बर ८ मा हङकङसँग खेल्नेछ।
१० टोली सहभागी हुने प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १२ तारिखसम्म मलेसियामा सञ्चालन हुनेछ। नेपाल समूह ‘बी’ मा छ। यस समूहमा नेपाल र बहराइनसहित साउदी अरेबिया, मलेसिया र हङकङ परेको छ। यस्तै समूह ‘ए’मा कुवेत, ओमान, कतार, सिंगापुर र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।
Read full story at source (annapurnapost.com)