एनसेलको वेब होस्टिङ र डोमेन सेवा सुरु
kendrabindu.com · Thu Aug 13 01:03:15 GMT 2026

काठमाडौं । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ । यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो, जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न संगठनका लागि लक्षित रहेको कम्पनीको भनाइ छ ।‘नेपाली व्यवसाय डिजिटल माध्यममा रूपान्तरण हुँदै जाँदा देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एनसेल बिजनेस क्लाउडसुइटको उपभोग गर्दै ग्राहकले एकीकृत प्लेटफर्म डोमेनमार्फत दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्छन् ।’
Read full story at source (kendrabindu.com)