शिवम् सिमेन्टको बिक्री आम्दानी घट्यो, नाफामा गिरावट
aarthiknews.com

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन आम्दानी घटेसँगै खुद नाफामा सामान्य गिरावट आएको छ। कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ थियो।
यसअनुसार कम्पनीको सञ्चालन आम्दानी एक वर्षमा ८४ करोड ३९ लाख रुपैयाँले घटेको छ। सञ्चालन आम्दानीमा आएको गिरावट नै खुद नाफा घट्नुको मुख्य कारण देखिएको छ।
Read full story at source (aarthiknews.com)