पीएसजी लगातार दोस्रो पटक यूईएफए सुपर कप च्याम्पियन, एस्टन भिल्ला पराजित
nepalviews.com · Thu Aug 13 01:38:21 GMT 2026
सल्जबर्ग । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रियाको सल्जबर्गस्थित रेड बुल एरेनामा भएको उक्त रोमाञ्चक खेलमा च्याम्पियन्स लिग विजेता पीएसजीलाई जित दिलाउन खिचा क्वाचाभेलिया र डेजायर डोउले गोल गरे।
खेलको २०औँ मिनेटमा क्वाचाभेलियाले आकर्षक गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्यतिर, ४५औँ मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो डेब्यु खेलमै गोल गरेका माड्जो सुपर कप इतिहासकै सबैभन्दा कान्छो गोलकर्ता बनेका छन्। गत जनवरीमा मेट्जबाट अनुबन्धित उनी फिफाको प्रतिबन्ध र कानुनी संघर्षका कारण आठ महिनापछि हालै मात्र खेल्ने अनुमति पाएका खेलाडी हुन्।
Read full story at source (nepalviews.com)