सर्वोत्तम सिमेन्टको नाफा बढ्यो, आम्दानीसँगै लागत र वित्तीय खर्च व्यवस्थापनमा सुधार
aarthiknews.com

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बिक्री तथा सञ्चालन आम्दानीसँगै खुद नाफा बढाउन सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीको खुद नाफा १ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार नाफा ७.७० प्रतिशतले बढेको हो। कम्पनीको सञ्चालन आम्दानीसमेत बढेको छ। अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.५६ प्रतिशतले बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
Read full story at source (aarthiknews.com)