संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’
nagariknews.nagariknetwork.com · Thu Aug 13 01:30:11 GMT 2026

भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ। प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्न सकेको छैन।
फलामसँग मिल्दोजुल्दो देखिने ढुङ्गा रहेकाले स्थानीयस्तरमा यस क्षेत्रलाई ‘फलाम ढुङ्गा’ नामले चिनिँदै आएको छ। ढुङ्गामा फलाममा जस्तै खिया देखिने भएकाले यसको नाम फलाम ढुङ्गा रहन गएको स्थानीयको भनाइ छ। ढुङ्गासँगै रहेको प्राकृतिक पोखरी यहाँको अर्को आकर्षण हो। संरक्षण र व्यवस्थापनको अभावमा पोखरी पुरिँदै गएपछि यसको मौलिक स्वरूप हराउँदै जान थालेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)