अनरका नयाँ 'एक्स६डी' र 'एक्स५डी सिरिज' स्मार्टफोन नेपाली बजारमा, ०% ईएमआईमा सुविधा
techpana.com · Thu Aug 13 01:56:35 GMT 2026

काठमाडौं । अनर नेपालले अनर एक्स५डी (HONOR X5d) सिरिज र अनर एक्स६डी (HONOR X6d) नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, ठुलो ब्याट्री, पर्याप्त स्टोरेज र दैनिक प्रयोगका लागि आवश्यक विभिन्न सुविधा सहित यी स्मार्टफोनहरू सार्वजिनक भएका हुन् ।
यस्तै, कम्पनीले बजेट स्मार्टफोनमा पहिलो पटक ० प्रतिशत ईएमआई सुविधा उपलब्ध रहेकाे जनाएकाे छ । यसअन्तर्गत ग्राहकले बिनाब्याज मासिक किस्तामा अनरका नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन् । कम्पनीले यसबाट एकैपटक ठुलो रकम खर्च गर्न नसक्ने ग्राहकलाई पनि नयाँ प्रविधियुक्त स्मार्टफोन खरिद गर्न सहज हुने अपेक्षा गरेको छ ।
Read full story at source (techpana.com)