रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर
bishowkhabar.com · Thu Aug 13 02:00:48 GMT 2026

रोल्पा– अविरल वर्षापछि खसेको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
बुधबार राति करिब ८:४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरसहित करिब ६ घर तथा गोठ पुरिएका थिए । घटनामा १८ वर्षीया शान्ति पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)