ट्रम्पको तुर्किए भ्रमणका क्रममा इरानी एजेन्टहरूको खतरनाक योजना: सुरक्षाका लागि गोप्य रूपमा विमान परिवर्तन
nepalviews.com · Thu Aug 13 02:33:39 GMT 2026

एजेन्सी । गत जुलाई ७ मा तुर्किएको अंकारामा आयोजित नाटो (NATO) शिखर सम्मेलनमा सहभागी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षालाई लिएर एक सनसनीपूर्ण खुलासा भएको छ। अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ को रिपोर्टका अनुसार, उक्त भ्रमणका क्रममा इरानी एजेन्टहरू ट्रम्पको लोकेशनसम्म पुग्न सफल भएका थिए।
अमेरिकी गुप्तचर निकायको आँकलनअनुसार इरानी एजेन्टहरूलाई ट्रम्प बसिरहेको भवन मात्र नभई उनी कुन तलामा छन् भन्ने कुरासमेत थाहा थियो। ट्रम्पको सुरक्षामाथि गम्भीर खतरा देखिएपछि अमेरिकी सुरक्षा निकायले उनको भ्रमणको सम्पूर्ण कार्यतालिका परिवर्तन गर्दै गोप्य रूपमा विमान फेरबदल गरेको थियो।
Read full story at source (nepalviews.com)