एआईको चाल : गीत सङ्गीत बेहाल
nepalviews.com · Thu Aug 13 02:45:44 GMT 2026

गत महिना कलाकार विमल अधिकारीले आफ्ना गीतहरू एआई सामाग्री प्रयोग गरी युट्युबमा प्रसारण गर्ने ९५ युट्युब च्यानललाई कारवाहीको निम्ति अुनरोध गर्दै साइबर व्युरोमा उजुरी दिएका छन्। आफ्नो सिर्जनामा अनाधिकृत पहुँचबाट गीतलाई तोडमोड गरी प्रकाशन गरेको र आफ्नै सिर्जनामा कपिराइटको समस्या झेल्नु परेकोले उनले यसो गरेका हुन्। यसरी उजुरी गर्ने उनी पहिलो श्रष्टा भए पनि यो समस्याको मारमा थुप्रै गीतकार, सङ्गीतकार, गायक गायिका र निर्माता परेका छन्।
सक्कली सिर्जनाको साटो भाव, लय, सुर ताल, बाजा, शब्द र स्वरलाई तोडमोड गरी त्यसको विपरीत एआई एप्लिकेसनको प्रयोग गरी गीत र त्यसको भिडियो बनाई टिकटक, फेसबुक, इन्सटाग्राम र युट्युब लगायतका विभिन्न अडियो भिडियो प्लेटफर्ममा राखी मुनाफा आर्जन गर्ने अनाधिकृत कार्य भैरहेको छ। त्यतिमात्र होइन विभिन्न पुराना गीतका सर्जकहरूलाई अहिलेको पुस्ताले नचिन्ने र एआईले बनाएका गीतहरू नै भाइरल हुने, अनि उल्टै खास आफ्नै सिर्जनामा सर्जकले कपिराइटको झमेलासमेत व्यहोर्नुपर्ने हुनाले खास ओरिजिनल सिर्जनाहरू र सर्जकहरू दोहोरो तेहरो मारमा परेका छन्। यस्ता अनाधिकृत कार्यले गीत सङ्गीतको क्षेत्रमा जीवन समर्पण गरेका पात्रहरू मात्रै होइन खास गीत सङ्गीत नै लोप हुने खतरा बढकोले यो बेहाल स्थितिको चर्चा गर्नु अपरिहार्य छ।
Read full story at source (nepalviews.com)