रोल्पा पहिरो अपडेट : मृतक र घाइतेबाहेक १० जना अझै बेपत्ता
bishowkhabar.com · Thu Aug 13 03:00:25 GMT 2026

रोल्पा– रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन् ।
बुधबार राति करिब ८:४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ घर तथा गोठ पुरिएका छन् । घटनामा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)