दीर्घरोग बढ्नुमा हाम्रो खानपान र खाद्य प्रणाली कति जिम्मेवार ?
onlinekhabar.com · Thu Aug 13 03:33:34 GMT 2026

उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग, क्यान्सर जस्ता दीर्घरोगको समस्या बढ्दै गएको छ । दीर्घरोगले व्यक्तिको स्वास्थ्यमा मात्र असर पार्दैन, परिवारको आर्थिक अवस्था, काम गर्ने जनशक्ति र समग्र राज्यको स्वास्थ्य प्रणालीमा समेत ठूलो बोझ थप्छ । अस्पतालमा उपचार, डायलाइसिस, क्यान्सरको उपचार तथा औषधिमा राज्यको ठूलो स्रोत खर्च भइरहे पनि यी रोग किन बढिरहेका छन् भन्ने मूल कारणको खोजी र रोकथाममा पर्याप्त ध्यान नदिइएको बहस पनि भइरहेको छ ।
खानपान, नुन, तेल तथा बोसोको प्रयोग, खाद्य पदार्थमा हुने रासायनिक तथा अन्य पदार्थको सम्भावित प्रभाव र खाद्य सुरक्षाको विषय महत्त्वपूर्ण बनेको छ । यिनै विषयमा दीर्घरोग र खानपानबीचको सम्बन्ध, खाद्य सुरक्षाको अवस्था, अनुसन्धानको आवश्यकता र राज्यले अब चाल्नुपर्ने कदमबारे वरिष्ठ पोषणविद् भुपाल बानियाँ सँगको कुराकानी:
Read full story at source (onlinekhabar.com)