खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?
khabarhub.com · Thu Aug 13 04:01:26 GMT 2026
के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको मुखमा पुगेको एउटा बालक केही वर्षपछि ब्राजिलको प्रतिष्ठित फुटबल क्लबको जर्सी लगाएर मैदानमा उत्रिन्छ ? बर्नार्डो लोपेसको जीवनयात्रा यस्तै अविश्वसनीय मोडले भरिएको छ। ११ वर्षीय बर्नार्डो अहिले बोटाफोगोको यू–११ एकेडेमीमा फुटबल खेलिरहेका छन्। उनको अनुहार र शरीरमा दुर्घटनाका गहिरा दाग अझै देखिन्छन्, तर ती दागलाई उनी लुकाउँदैनन्। बरु, तिनै दाग उनको सबैभन्दा ठूलो साहसको प्रतीक बनेका छन्।
एक समय चिकित्सकले समेत बाँच्ने सम्भावनाबारे चिन्ता व्यक्त गरेका बर्नार्डोले करिब सात महिना अस्पतालमा बिताए, अनेकौँ शल्यक्रिया र छाला प्रत्यारोपण सहनुपर्यो। तर जीवनले दिएको त्यो कठोर परीक्षाले उनको सपना रोक्न सकेन। आज उनी मैदानमा बलसँगै दौडिरहेका छन्- आफ्नो विगत लुकाएर होइन, त्यसलाई गर्वका साथ बोकेर। यही कारण बर्नार्डोको कथा एउटा बाल फुटबलरको सफलताको कथा मात्र होइन, असम्भवजस्तो देखिने परिस्थितिलाई पनि इच्छाशक्ति र मेहनतले जित्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।
Read full story at source (khabarhub.com)