ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Aug 13 03:53:09 GMT 2026

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६:५० बजेको समयमा मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई दुर्घटना भएको थियो। काभ्रेको पाँचखाल नगरपालिका–१३ बस्ने २५ वर्षीय अनिस पाण्डेले चलाएको उक्त टिपर दुर्घटना हुँदा टिपरमा सवार जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका –०८ निवासी २९ वर्षीय राजु लामा सडक छेउतर्फ हाम फालेका थिए। त्यसपछि सोही स्थानमा टिपर पल्टिँदा उनी टिपरले च्यापिएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)