प्रतिकूल बजारमा पनि सर्वोत्तम सिमेन्टको दमदार प्रदर्शन, नाफा १.१० अर्ब नाघ्यो
bishowkhabar.com · Thu Aug 13 04:30:49 GMT 2026

काठमाडौं– निर्माण क्षेत्र सुस्त, उत्पादन लागत उच्च र आर्थिक गतिविधि कमजोर रहेका बेला सर्वोत्तम सिमेन्ट लिमिटेडले भने उल्लेखनीय वित्तीय सुधार देखाएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले बिक्री, नाफा र प्रतिशेयर आम्दानी सबैमा वृद्धि हासिल गरेको छ ।
कम्पनीको सञ्चालन आम्दानी एक वर्षमै ७.५६ प्रतिशतले बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक मन्दीबीच आम्दानी १० अर्ब नाघ्नु कम्पनीका लागि सकारात्मक संकेत मानिएको छ ।
Read full story at source (bishowkhabar.com)