बालेन सरकार एक्सनमा : उद्योगमन्त्रीको कदमपछि वर्षौँदेखि रोकिएको बक्यौता एकैपटक ५१ करोड असुल
reportersnepal.com · Thu Aug 13 04:50:20 GMT 2026

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुलीले गति लिएको छ। उद्योग मन्त्रालयले लामो समयदेखि बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ सरकारी खातामा फर्किएको हो।
मन्त्रालयका अनुसार करिब ४० वर्षदेखि असुल हुन नसकेको उद्योगको भाडा बक्यौतासमेत पछिल्लो समय उठ्न थालेको छ। राज्यलाई तिर्नुपर्ने रकम लामो समयदेखि बाँकी राखेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न मन्त्री यादवले निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
Read full story at source (reportersnepal.com)