खगेन्द्र सुनारमाथि रमेश खरेलको प्रश्न- जनप्रतिनिधि भनिने नैतिक आधार बाँकी छ ?
nepalpress.com · Thu Aug 13 04:55:44 GMT 2026

काठमाडौं । संसदीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीमाथि लान्छना लगाएको घटनामा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले कडा टिप्पणी गरेका छन् । सांसद सुनारको कार्यशैली र अभिव्यक्तिले समग्र सुरक्षा निकायको मनोबलमा गम्भीर असर पारेको भन्दै उनको विश्लेषण छ ।
पूर्वडीआईजी खरेलले सांसद सुनारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘कहिले रातारात सिन्धुली पुगेर एसपीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर घिसारेर काठमाडौं ल्याउने चेतावनी, कहिले बेनामे उजुरीकै आधारमा गृहसचिवदेखि आइजिपी र एआइजीपीलाई संसदीय समितिमा उभ्याएर प्रमाणअघि नै दोषीझैँ प्रस्तुत गर्ने शैली । कहिले अनुसन्धान नै नसकिँदै अहिल्यै बर्खास्त गर्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति त कहिले कानुनी प्रक्रियालाई नै गौण ठान्ने भाषण ।’
Read full story at source (nepalpress.com)