किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघले गर्यो ‘कडा’ भर्त्सना
barnanmedia.com · Thu Aug 13 05:21:30 GMT 2026

काठमाडौं । जनआस्था साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सरकारी संयन्त्र प्रयोग गरी श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र नेपालको संविधानविरुद्ध रहेको महासंघ ठम्याइ छ ।
“पक्राउलगत्तै समाचारको स्रोत खोज्न प्रहरीबाट गए राति १ बजेतिर उहाँको घरमा र आज बिहानै कार्यालयमा खानतलासी गरिएको जानकारी प्राप्त भएको छ,” महासंघका तर्फबाट महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (barnanmedia.com)