परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राष्ट्रिय सहमति आवश्यक: पूर्वमन्त्री पाण्डे
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल, कूटनीतिज्ञ र सरोकारवालाहरूको एक किसिमको साझा दृष्टिकोण हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले परराष्ट्र मामिला जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति निर्माण गर्नु आजको प्रमुख आवश्यकता रहेको बताएका हुन्। सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एकै मञ्चमा राखेर मुलुकको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने उनको प्रस्ताव छ।
Read full story at source (hamrakura.com)