अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा
reportersnepal.com · Thu Aug 13 05:58:25 GMT 2026

सुनसरी २८ साउन । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनकोे सम्भावनाका कारण यो आरक्ष पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । अन्तरराष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक कोशी टप्पु पुग्ने गरेका छन् । यो वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको बीचमा फैलिएको संरक्षित क्षेत्र हो ।
विसं २०३२ मा स्थापना भएको आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ मा मध्यवर्ती क्षेत्र थपिएपछि यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर कायम भएको छ । सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित यो आरक्ष नेपालमा प्राकृतिक रूपमा पाइने जङ्गली भैँसी (अर्ना) को मुख्य बासस्थानका रूपमा परिचित छ ।
Read full story at source (reportersnepal.com)