नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको विशेष अफर
baahrakhari.com · Thu Aug 13 05:56:06 GMT 2026

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका निम्ति कर्जा लिने ग्राहकलाई ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ फी) तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ । उक्त विशेष योजना यही साउन २६ देखि ३१ गतेसम्म आयोजित नाइमा एक्स्पो अवधिभर लागु हुने बैंकले जनाएको छ ।
Read full story at source (baahrakhari.com)