गुराँस ढकालको डेब्यू पक्का, बन्दैछिन् ‘ल्याङ्ग ल्याङ्ग’ मा मुख्य अभिनेत्री
kalakarmi.com · Thu Aug 13 06:20:29 GMT 2026
काठमाडौं- टिकटक लगायतका सोसल मिडियाकी लोकप्रिय अनुहार गुराँस ढकालले नेपाली फिल्ममा अनिभेत्रीको रुपमा डेब्यू गर्ने पक्का भएको छ । ढकालले बलिराम चौहानको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा मुख्य अभिनेत्रीमा अनुवन्धित भएकी छिन् । मुख्य भूमिकामा यो उनको डेब्यू फिल्म भए पनि उनले सहायक भूमिकामा अभिनय गरिसकेकी छिन् ।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ अभिनयका विभिन्न पक्षमा आफ्नो अभिव्यक्ति, प्रस्तुति तथा चरित्र निर्माणमा काम गरिन् । अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर फिल्म ‘मम्मी’ मा अभिनय गरेकी थिइन् ।
Read full story at source (kalakarmi.com)