शिवम् सिमेन्ट्सको व्यापार र नाफा दुवै घट्यो, यस्तो छ कारण
clickmandu.com · Thu Aug 13 06:38:38 GMT 2026

काठमाडौं । शिवम् सिमेन्ट्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । निर्माण क्षेत्रमा आएको सुस्तता र बढ्दो लागतका बाबजुद कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण प्रकाशन गरेको हो ।
सार्वजनिक विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी (व्यापार) ६ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष (आव २०८१/८२) को सोही अवधिमा कम्पनीले ७ अर्ब ७६ करोड ६५ लाख रुपैयाँको सिमेन्ट बेचेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार करिब ११ प्रतिशतले गिरावट आएको देखिन्छ ।
Read full story at source (clickmandu.com)