प्रिमियर इन्टरनेसनल स्कुलमा टेडएक्सको दोस्रो संस्करण सम्पन्न, युवा आवाजलाई सशक्त बनाउने प्रयास
kendrabindu.com · Thu Aug 13 06:45:24 GMT 2026

काठमाडौं। प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले ‘महानताको सुरुवात यहीँबाट हुन्छ’ भन्ने मूल नारासहित टेडएक्स प्रिमियर इन्टरनेसनल स्कुलको दोस्रो संस्करण सम्पन्न गरेको छ। कार्यक्रममा प्रविधि, कला, खेलकुद, व्यवसाय र शिक्षालगायत क्षेत्रका व्यक्तित्वसँगै विद्यार्थी वक्ताहरूले आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा चार विद्यार्थीले सहानुभूति, सिकाइका विविध शैली, विश्वव्यापी अवसर, एक्लोपन तथा मानवीय सम्बन्धजस्ता विषयमा आफ्ना धारणा राखेका थिए। कक्षा ५ का अनुज केई घिमिरेले अरूको भावना बुझ्न र सहानुभूतिपूर्वक व्यवहार गर्नुपर्ने विषयमा बोले। कक्षा ७ का सुवान वीर श्रेष्ठले डिस्लेक्सियासँगको आफ्नो अनुभव साझा गर्दै हरेक व्यक्तिको सिक्ने तरिका फरक हुने धारणा प्रस्तुत गरे।
Read full story at source (kendrabindu.com)