सदन प्रभावकारी बनाउन सभामुख अर्याललाई अभियानको ध्यानाकर्षण
reportersnepal.com · Thu Aug 13 06:49:50 GMT 2026

काठमाडौँ । स्वतन्त्र नागरिक अभियानले प्रतिनिधिसभाको कार्यसम्पादन र संसदीय गतिविधिलाई प्रभावकारी, चुस्त एवम् परिणाममुखी बनाउन माग गर्दै सभामुख डीपी अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
अभियानका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेको प्रतिनिधिमण्डलले सदनको प्रभावकारिता र जनसरोकारका विषयमा विशेष जोड दिँदै ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
Read full story at source (reportersnepal.com)