आइएटीएसले तालिकाबाट हटायो नेपालको कार्यक्रम
ratopati.com · Thu Aug 13 06:54:07 GMT 2026

काठमाडौँ । नेपालमा हुने भनिएको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी कार्यक्रमलाई इन्टरनेशनल एसोसिएसन अफ तिब्बती स्टडिजले पनि कार्यतालिकाबाट हटाएको छ ।
भदौ ७ गतेदेखि हुने भनिएको कार्यक्रम सरकारले नै स्थगित गराएपछि इन्टरनेशनल एसोसिएसन अफ तिब्बती स्टडिजले नेपालमा हुने सम्पूर्ण कार्यक्रमलाई हटाएको हो । तर कार्यक्रमको मिति भने यथावत् राखिएको छ । कार्यक्रम स्थगित भने भएको छैन । तोकिएकै मितिमा कार्यक्रम हुने तर कहाँ हुन्छ भन्ने अझै टुङ्गो नलागेको श्रोतले जनाएको छ ।
Read full story at source (ratopati.com)