पत्रकार श्रेष्ठ पक्राउको विरोधमा काठमाडौं प्रहरी परिसर अगाडी महासंघको धर्ना
emountaintv.com · Thu Aug 13 06:54:16 GMT 2026
काठमाडौँ ।
नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसरका काठमाडौं अगाडी धर्ना दिएको छ । महासंघले विहीवार श्रेष्ठको रिहाईको माग गर्दै प्रहरी परिसर अगाडी धर्ना दिएको हो । प्रहरीले पत्रकार श्रेष्ठलाई बुधवार राती ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरि काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ । महासंघको नेतृत्वमा पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडी धर्ना दिएका हुन् । उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन् ।
Read full story at source (emountaintv.com)