‘ल्याङ्गल्याङ्ग’ को मुख्य अभिनेत्रीमा गुराँस अनुबन्धित
nagariknews.nagariknetwork.com · Thu Aug 13 06:44:48 GMT 2026

बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्गल्याङ्ग’ को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन्। मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो। यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन्।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ अभिनयका विभिन्न पक्षमा आफ्नो अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरिन्। अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर सिनेमा ‘मम्मी’मा अभिनय गरेकी थिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)