एनसेलको आपत्ति: गोपनीयताको हकमाथि ठाडो हस्तक्षेप भयो, कानुनी उपचार खोज्छौं
clickmandu.com · Thu Aug 13 06:53:05 GMT 2026

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलले आफ्नो सेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेलले सरकारको यो कार्यलाई गोपनीयताको हकमाथिको ठाडो हस्तक्षेप र कानुनी शासनको उपहासको संज्ञा दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टङ्कमणि शर्मा दंगाल संयोजकत्वको समितिको प्रतिवेदन वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएलगत्तै एनसेलले यसलाई ‘दुर्भाग्यपूर्ण’ र ‘फौजदारी कसुर’ भन्दै भर्त्सना गरेको छ ।
Read full story at source (clickmandu.com)